प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा अटोबाट लागुऔषध बरामद

२०७९ फाल्गुन ६, शनिबार १३:०८ बजे

मकवानपुर – हेटौंडामा ना १ ह ८९६६ नम्बरको अटोबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका–१, चाईनाक्वाटरस्थित बाटोमा रोकिराखेको अटोबाट लागुऔषध गाँजा बरामद गरेको हो ।

अटोमा चेकजाँच गर्दा २५ किलो ७०० ग्राम लागुऔषध गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।