हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ रामनगरस्थित एक घरमा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार स्थानीय ६८ वर्षीय आत्मलाल चौलागाईको घरमा आगोलागी भएको हो ।
सिमेन्ट, काठ, र टायलले बनेको २ तले कच्चि घर र सगैं जोडिएको गोठमा बिजुलीको तार सट भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले बताए । उनका अनुसार मंगलबार साँझ ५ बजेर ४० मिनेटमा लागेको आगो दमकल, स्थानीय र सुरक्षाकर्मीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
आत्मलालको घरमा लागेको आगोले नजिकै रहेको उनकै भाईको लिलानाथ चौलागाईको ३ तले पक्की घरमा समेत क्षति पुर्याएको छ । आगोले ३ तले घरको सिसा तातिएर फुटेर झर्दा स्थानीय ३५ बर्षीय प्रकाश चौलागाई घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।आगलागीबाट कति क्षति भयो भन्ने बारेमा खुलेको छैन ।