प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको वडा–वडामा एकीकृत समाजवादीको चुनाव केन्द्रित अभियान

२०७८ चैत्र १९, शनिबार १४:२७ बजे

मकवानपुर – नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०को हेटौंडा उपमहानगर पालिकाको वडा वडामा चुनावी अभियानले तिब्रता पाएको छ । अभियान अन्तर्गत आज अनिबार हेटौंडाको ६, ७, ९, १४ र १८ नम्बर वडामा बैठक बसेर चुनाव केन्द्रित विभिन्न योजना पारित गरिएको हो ।

यही चैत १८ गते पार्टी नगर कमिटीको बैठकको सर्कुलर कार्यान्वयन गर्दै एकीकृत समावादीको वडा वडामा चुनावी अभियान अन्तर्गतका विभिन्न कार्ययोजना अघि बढाइएका छन् ।

अभियान अन्तर्गत चुनावी गठबन्धनका लागि अध्यक्षको संयोजनमा तीन सदस्यीय ३ सदस्यीय वडास्तरिय समिती हरेक वडा वडामा निर्माण गरिएको जनाइएको छ । अभियान अन्तर्गत स्वयम् सेवक परिचालन, भेला, प्रशिक्षण घरदैलो अभियान लगायतका कार्यक्रम गरिएका छन् ।

यही चैत २१ गतेसम्म चुनावी अभियान अन्तर्गत वडास्तरिय चुनावी संरचना निर्माण कार्यले हेटौंडा उपमहानगरमा अहिले तिब्रता पाइरहेको जनाइएको छ । पार्टीका अनुसार १०१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरी चुनावी अभियान हेटौंडामा अघि बढेको हो ।