हेटौंडा – बागमती प्रदेशका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको अभिमुखिकरण हेटौंडामा सुरु भएको छ । संघीय सरकार र बागमती प्रदेश सरकारको संयुक्त आयोजनामा भएको कार्यक्रमको बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरे ।
अभिमुखिकरण कार्यक्रममा प्रदेशको १ सय १९ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता रहेको छ । जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास सम्बन्धि अभिमुखिकरण गरिने जनाइएको छ । अभिमुखिकरण कार्यक्रम २ दिन चल्नेसम्म चल्नेछ ।