प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको छुट्टाछुटै सवारी दुर्घटनामा तीन जना घाइते

२०७९ भाद्र २८, मंगलबार ०९:४८ बजे

हेटौंडा – हेटौंडाको छुट्टाछुटै स्थानमा भएको सवारी दुर्घटनामा तीन जना घाइते भएका छन् ।

पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा–९ मास्टर चोकस्थित सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय १८ वर्षीय दिपेश अर्याल घाइते भएका छन् ।

हेटौंडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको ना ५२ प २०० नम्बरको मोटरसाइकलले ठक्कर दिंदा घाइते भएका अर्यालको वायाँ कान र टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता(डिएसपी) टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार मोटरसाइकल चालक हेटौंडा–१५ रातोमाटे बस्ने १८ वर्षीय शशि लामा पनि घाइते भएका छन् । दुबैको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

त्यस्तै पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपहानगरपालिका–९ स्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिंदा एक जना घाइते भएका छन् ।

रातोमाटेबाट हेटौंडातर्फ आउँदै गरेको ना ५३ प ३३१० नम्बरको स्कुटरलाई सोही दिसाबाट आउँदै गरेको ना ६ ख ३४६६ नम्बरको ट्रकले ठक्कर दिंदा स्कुटर चालक हेटौंडा–९ की ३२ की सुस्मा भट्टराई घाईते भएको प्रवक्ता कार्कीले बताए । उनको उपचारको लागी हेटौंडा अस्पताल पठाईएको उनले बताए ।