हेटौंडा – काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१०, बरकोटस्थित शुनकोशी नदीको किनारमा एक महिलाको शव फेला परेको छ ।
सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ बस्ने ४५ वर्षीया ईन्द्र कुमारी थापा मगर मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार मगरलाई सुनकोशी नदीले बगाएर ल्याएको हो । घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।