प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौँडामा भएको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि आरआर एफसीले जित्यो

२०७८ चैत्र २०, आईतबार ०३:३४ बजे

हेटौंडा – हेटौंडामा भएको सेभेन ‘ए’ साइड फुटबल प्रतियोगिताको उपाधि राप्ती रिभर फुटबल क्लब(आरआर एफसी)ले जितेको छ । शनिबार भएको फाईनल खेलमा हर्नामाडी कमलदेव युवा क्लवलाई ट्राईब्रेकरमा ३–२ गोलको अन्तरले पराजित गर्दै आरआर एफसीले उपाधि उचालेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा आरआरआर एफसीले कमलदेव युवा क्लवलाई पराजित गर्दै उपाधि जितेको हो ।

विजेता आरआरआर एफसीले ट्रफिसहित नगद ५० हजार, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता हर्नामाडीले ट्रफिसहित नगद २५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक गोपि बर्तौला, उत्कृष्ट डिफेन्स विकाश वाइवा, उत्कृष्ट मिडफिल्डर सुनिल घलान, उत्कृष्ट फरवार्ड विजय दोङ घोषित भए । त्यस्तै प्रतियोगिताको सर्बोउत्कृष्ट खेलाडी समिराज थोकर घोषित भए ।

नेपाल राष्ट्रिय खेलकुद महासंघ जिल्ला कमिटि मकवानपुर र भुटनदेवि युवा क्लवको संयुक्त आयोजनामा भएको प्रतियोगितामा २४ वटा टिमको सहभागिता रहेको थियो ।