प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा एकैपरिवारका चार सदस्य सवार मोटरसाइकल दुर्घटना

२०७९ भाद्र १४, मंगलबार १४:३८ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा मोटरसाइकल दुर्घटना हुँदा एकैपरिवारका चार जना घाइते भएका छन् ।

बाराबाट हेटौडातर्फ आउँदै गरेको ना २१ प ९३८२ नम्बरको बुलेट मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकैपरिवारका चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार घाईते हुनेमा मोटरसाइकल चालक चितवन भरतपुर महानगरपालिका–२ वस्ने ३२ वर्षीय प्रदिप साह, उनको श्रीमती २६ वर्षीया चादनी साह, छोरी ३ वर्षीया सिरिसा साह र अर्की छोरी ७ वर्षीया सिरिस साह रहेका छन् । उनीहरुको उपचारको लागि हेटौडा अस्पताल पठाएको उनले बताए ।