हेटौंडा – मकवानपुर प्रहरीले लागुऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१० बसपार्कबाट ९ किलो ४०० ग्राम लागुऔषध गाँजा सहित रौतहट ईशानाथ नगरपालिका–२ बस्ने लखिन्द्र बैठालाई पक्राउ गरेको हो ।
चितवनबाट वीरगञ्जतर्फ जादै गरेको ना ४ ख २२०८ नम्बरको यात्रुबाहक बसबाट ओर्लदै गरेको बैठाको जेब्रा झोलामा लुकाई छिपाई ल्याएको अबस्थामा उक्त परिमाणमा लागु औषध गाँजा परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । लागुऔषध सहित बैठा नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।