प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

एमालेबाट मकवानपुरगढीमा हुमागाईंको 'रि–इन्ट्री'

२०७८ चैत्र २७, आईतबार १४:२८ बजे

हेटौंडा – स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्षको उम्मेद्वार पुनः विदुर हुमागाईंलाई बनाउने भएको छ । आइतबार भएको गाउँकमिटीको बैठकले बर्तमान गाउँपालिका अध्यक्ष हुमागाईंलाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले गाउँपालिकाको उपाध्यक्षमा सन्तु थिङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । थिङ यसअघि मकवानपुरढी गाउँपालिका वडा नं ४ को सदस्य थिइन् । उनले गाउँपालिकाको न्यायिक समितिमा रहेर काम गरिसकेकी छन् ।

२०७४ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षमा विदुर हुमागाईंले ३ हजार ८१४ मत प्राप्त गरी विजयी भएका थिए । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका दोर्जे लामा स्याङ्तानले ३ हजार ६५३ प्राप्त गरेका थिए ।

उपाध्यक्षमा एमालेकै हर्कमाया रुम्बाले ३ हजार ७१७ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसकी मन्दिरा केसीले ३ हजार ७०७ मत प्राप्त गरेकी थिइन् ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्ष गुमाएपनि कांग्रेसले र एमालेले समान चारचार वडामा जितको थियो ।