हेटौंडा – हेटौंडाका दुई युवक लागूऔषध खैरो हेरोइन सहित विरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका–२ बस्ने २३ वर्षीय प्रबिन तामाङ र सोही उपमहानगरपालिका–१० बसपार्क बस्ने २१ वर्षीय उमेश लामा रहेका छन् ।
पर्साको वीरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट करिब ६ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित लामा र तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बा.८६ प ५०८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।