हेटौंडा – हेटौंडामा बृहत शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं. ४ को आयोजना तथा शैक्षिक गुणस्तर सुधार समिति हेटौंडा–४ को व्यवस्थापनमा उक्त कार्यक्रम हुने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम माघ २० गते हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा बिहानदेखि बेलुकासम्म कार्यक्रम हुने हेटौंडा–४ का वडा अध्यक्ष नविन सिग्देलले बताए । पार्टी प्यालेसको हल भित्र सांस्कृतिक कार्याक्रम गर्ने र बाहिर २६ वटा स्टल राखेर कार्यक्रम गरिने अध्यक्ष सिग्देलले बताए ।
अध्यक्ष सिग्देलले प्रदर्शनी तथा कार्यक्रमको १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको बताए । शिक्षालाई अब प्रतिस्पर्धातमक बनाउनेगरी गुणस्तर सुधारको काममा लागिएको उनको भनाई छ । कार्यक्रममा हेटौंडा–४ का निजी तथा सरकारी बिद्यालय तथा क्याम्पसको सहभागिता रहने छ भने कार्यक्रमको संयोजक श्रीराम दाहालले गर्नेछन् ।
बृहत् शैक्षिक मेला तथा सांस्कृतिक कार्यक्रम २०७९ का उद्देश्यहरुः
१. वडाभित्र संचालित विद्यालयले गरेका राम्रा अभ्यासको प्रस्तुतीकरण गराउने २. एक विद्यालयले अर्को विद्यालयको राम्रा सिकी आफ्ना विद्यालयमा प्रयोग गराउने ३. विद्यालयबिच शैक्षिक प्रतिस्पर्धा गराउन
४. वडाको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु
५. विद्याथीहरुको सिर्जनशिलता प्रस्फुटन गराउनु
६, मौलिक कला र संस्कृतिको जगेर्ना गराउनु
७. शैक्षिक क्रियाकलापको समान प्रतिस्पर्धालाई प्रोत्साहित गर्नु ।
कार्यक्रमः
१. प्रत्येक विद्यालयले आफ्ना विद्यालयमा गरिएका उल्लेखनीय शैक्षिक अभ्यास र विद्यालयको गतिविधि झल्कने १५ मिनेटको पावरप्वाइन्ट प्रस्तुती गर्ने ।
२. वडाभित्रका प्रत्येक विद्यालयबाट बढीमा १० जनाको समूहले निर्माण गरेको विज्ञान, गणित र सामाजिक विषयसंग सम्बन्धित सामाग्रीको स्टल राखी प्रस्तुति गर्ने ।
३, वडा भित्रका सबै विद्यालयले मौलिक नेपाली गीतमा प्रतियोगितात्मक सामूहिक नृत्य र एकल गायन समेत प्रस्तुति गर्ने ।
४. प्रत्येक विधामा उत्कृष्ट प्रथम द्वितीय र तृतिय हुने विद्यार्थीको समूह र उक्त विधासँग सम्बन्धित विषय शिक्षकलाई पुरस्कृत गर्ने ।
५. वडाभित्रका सवै विद्यालयका कक्षा ६ देखि माथीका विद्यार्थीहरु, हेटौंडा क्याम्पस, स्कुल अफ म्यानेजमेन्टका विद्यार्थीहरु र छिमेकी वडाका विद्यालयका विद्यार्थीहरुको सहभागीतामा गरेका प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम अवलोकन गर्नेछन् ।
६. करीब १० हजार विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले कार्यक्रम अवलोकन गर्नेछन् ।
अपेक्षित उपलब्धीहरु
१. विद्यालय, विद्यार्थी र शिक्षकबीच उल्लेखनीय अभ्यास र अनुभव आदान-प्रदानको माध्यमद्वारा सिकाइ गरी शैक्षिक सुधार गर्ने ।
२. वडाको शैक्षिक अवस्था र गतिनिधि सरोकारवालामा पुर्याउने ।
३. विद्यार्थीका सृजनशील प्रतिभा प्रस्फुटन गराउने ।
४, मौलिक कला र साँस्कृतिको प्रबर्द्धन गर्ने
५. वडाको शैक्षिक प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम पश्चात् स्थानीयलाई सिकाइ समेत हुने । ६, मौलिक कला भेषभुषा र साँस्कृतिको जगेर्ना सहयोग पुग्ने छ ।