हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.५ मा लडेर एक जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ५७ बर्षीया लब कुमारी खतिवडा रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार आफ्नै घरमा बसिरहेकी खतिवडा जुरुक्क उढ्ने क्रममा लडेर घाइते भएकी हुन् । उनको नोवल अस्पतालमा सामान्य उपचारपछि सिएमसी भरतपुर लगेको प्रहरीले जनाएको छ ।