प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

मकवानपुरमा घरको छतबाट खसेर एक जनाको मृत्यु

२०७९ बैशाख २८, बुधबार ०६:१० बजे

 

हेटौंडा – मकवानपुरको मनहरी गाउँपालिका वडा नं.७ मा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५७ बर्षीय राजु प्रसाद रौनियार रहेका छन् ।

बुधबार विहान रौनियार आफ्नै तीन तल्ले घरको छतमाथिबाट खसेर थिए । उनको घटनास्थलमै मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनले घटनास्थलबाट शव परिक्षणको लागि हेटौंडा अस्पताल ल्याइएको र घटनाको आवश्यक अनुसन्धान भइरहेको बताए ।