हेटौंडा – हेटौंडा औद्योगिक क्षेत्रस्थित बदाम फ्याक्ट्रीभित्र लागुऔषध सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा फ्याक्ट्रि रेखदेख गर्न बसेको २६ वर्षीय निमेश कटुवाल रहेका छन् ।
हेटौडा उपमहानगरपालिका–८ औधोगिक क्षेत्रस्थित रहेको बदाम फ्याक्ट्रीभित्र लागुऔषध रहेको भन्ने बिशेष सुचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिरगंज र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले खानतलास गरेको थियो । कटुवाल सुत्ने कोठाबाट लागुऔषध वान रेक्स ३६ बोत्तल र गाँजा ५०० ग्राम फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लागुऔषध सहित कटुवाललाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाईएको छ ।