हेटौंडा – बागमती प्रदेशको एकमात्र उपमहानगरपालिका हेटौंडामा मतगणना सुरु भएको छ । ।हेटौंडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा शनिबार आज बिहान ७ बजेबाट मतगणना सुरु भएको हो ।
हेटौंडाको वडा नम्बर १ बाट मतगणना सुरु गरिएको मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । त्यस्तै हेटौंडा–२, १८ र १९ को मतगणना पनि तत्काल सुरु गर्ने तयारी रहेको उनले बताए ।
कुल १ लाख ४ हजार ४ सय ७३ मतदाता रहेको हेटौंडामा ७३ हजार ४ सय १४ मत खसेको थियो । तीमध्ये हाल हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।