प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा बजारमा नक्कली चुक अमिलो

२०८० श्रावण ८, सोमबार ०३:४२ बजे

मकवानपुर – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौंडाले नक्कली चुक अमिलोको उत्पादन, बिक्रीवितरण र प्रयोगमा रोक लगाएको छ । बजारमा नक्कली चुक अमिलोको प्रयोग अत्यधिक रहेको र त्यसले जनस्वास्थ्यमा प्रतिकूल असर गरेको जनगुनासोपछि कार्यालयले नक्कली चुक अमिलोको उत्पादन, बिक्रीवितरण र प्रयोगलाई निषेध गरेको हो ।

बोतलको लेबलमा खाद्य अनुज्ञापत्र नम्बर नभएको त्यस्ता नक्कली चुक अमिलो तथा लेबल विवरण पूर्ण नभएका अन्य खाद्य पदार्थको उत्पादन, बिक्रीवितरण र प्रयोग नगर्न नगराउनसमेत कार्यालयले आग्रह गरेको छ ।

खाद्य ऐनविपरीत दूषित खाद्य पदार्थ तथा न्यून स्तरका खाद्य पदार्थको उत्पादन, बिक्रीवितरण र प्रयोग गर्ने वा झुक्याएर खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।गोरखापत्र दैनिकबाट