प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडामा मोटरसाइकल दुर्घटना

२०८० माघ १, सोमबार १३:५० बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.७ न्यूरेनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा मोटरसाइकल चालक स्थानीय ३८ बर्षीय छनक बहादुर नगरकोटी रहेका छन् ।

कान्तिलोकपथ सडकखण्ड अन्तर्गत आइतबार चौघडाबाट हेटौंडा बजार तर्फ जादै गरेको ना ३९ प १६०० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा नगरकोटी घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । खुट्टामा चोट लागेर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।