हेटौंडा – मकवानपुर क्षेत्र नं.२ को प्रदेशसभा (क)मा नेकपा एमालेको अग्रता कायमै रहेको छ ।
निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार ४ हजार ४४० मत गणना हुँदा एमालेका उम्मेदवार विष्णु ढकालले २ हजार १०५ मत प्राप्त गरेका छन् ।
उता गठबन्धनकाका नेकपा माओवादी केन्द्रकी उम्मेदवार कुमारी मोक्तानले १ हजार ७५० मत प्राप्त गरेकी छन् ।