हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.५ को मतगणना भइरहेको छ। प्राप्त जानकारी अनुसार खसेको ५ हजार १९६ मत मध्य ४०० मत गणना भएको छ ।
गणना मतमध्य मेयरमा राप्रपाका दिपक बहादुर सिंहको अग्रता रहेको छ । उनले १६३ मत पाएका छन् । उपमेयरमा नेपाली कांग्रेसका राजेश बानियाँ २४३ मत सहित अग्रता कायमै राखेका छन् । त्यस्तै वडाअध्यक्षमा नेकपा एमाले सुशिल घिमिरे १९० मत पहिलो नम्बरमै छन् ।
हेटौंडा उपमहागरपालिका वडा नं.५ को ४०० मत गणना हुँदा
प्रमुख
अन्नत पौडेल (सुर्य) १०५
दिपक बहादुर सिंह (हलो) १६३
मिना कुमारी लामा(कलम) १०२
उपप्रमुख
सुमित्रा काफ्ले(सुर्य) ९१
राजेश बानियाँ (रुख) २४३
इन्दिरा न्यौपाने(हलो)३२
वडा अध्यक्ष
सुशिल घिमिरे(सुर्य)१९०
रामकृष्ण श्रेष्ठ (हलो)२८
बिशालराज महत(धारा) ४१
हयग्रीब उपाध्याय आचार्य(रुख) १०३