प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

पशुपतिनाथ माविमा विपद् ब्यवस्थापन तालिम

२०७९ असार १९, आईतबार १४:१५ बजे

हेटौंडा– मकवापुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविमा बिपद् ब्यवस्थापनसम्बन्धी ४ दिने तालिम शनिबार मसिनेमा समापन भएको छ । बिपद् ब्यवस्थापनको बिषयलाई विद्यालय सुधार योजनामा एसआइपीमा समाबेश गरी सुरक्षित विद्यालय अवधारणालाई कार्यान्वयन गर्न शिक्षक, विद्यार्थी, अभिभावक, वडाका जनप्रतिनिधिलाई तालिम प्रदान गरिएको हो ।

केन्द्रीय आयोजना कार्यान्वयन ईकाइको आयोजनामा भएको चार दिने तालिममा विद्यालयका शिक्षक ६ जना, विद्यार्थी ८ जना, विद्यालय ब्यवस्थापन समिति सहित अभिभावक ६ जना, शिक्षक अभिभावक संघका प्रतिनिधि ३ जना, वडाका जनप्रतिनिधि ३ जना सहभागी थिए । एसियाली विकास बैंकका कन्सल्ट्यान्टका तर्फबाट सुरेश नाथले तालिममा सहजीकरण गरेका थिए ।

विद्यालय ब्यवस्थापन समितिका सदस्य मंगलबहादुर मोक्तानको सभाध्यक्षता र वडा सदस्य दिनेश चेपाङको प्रमुख आतिथ्यमा भएको तालिम समापनका अवसरमा विब्यस अध्यक्ष माधब गौतम, विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, शिक्षक राचन्द्र तिमल्सिना, ईश्वर रिजालले तालिममा सिकेका बिषयलाई ब्यवहारमा उतार्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

विब्यस अध्यक्ष माधब गौतमको संयोजकत्वमा सुशील गौतम, मीरा खत्री, ऋषिराम गौतम, मंगलबहादुर मोक्तान, मनोज चौलागाई सुस्मिता जिम्बा, सजल गौतम, रितेश बिष्ट, ईश्वर रिजाल सदस्य रहेको विद्यालय बिपद् ब्यवस्थापन समिति पनि गठन गरिएको छ । समितिले विद्यालयको स्रोत नक्सांकनसहित बिपद् ब्यवस्थापन योजना निर्माण पनि गरेको छ ।

योजना निर्माण कार्यमा सहयोग पु¥याउने एसियाली विकास बैंक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, केन्द्रीय आयोजना कार्यान्वयन इकाई, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर, मनहरी गाउँपालिका कार्यालय परिवार, वडा कार्यालय परिवार, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक संघ, शिक्षक÷विद्यार्थी सबैलाई विद्यालयका प्रअ आचार्यले धन्यबाद दिएका छन् ।