हेटौंडा – मकवानपुर क्षेत्र नं.१ प्रदेशसभा(क)मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम बहादुर पुलामी(छिन्तु)ले मतान्तर बढाएका छन् ।
निर्वाचन अधिकृत कार्यालय मकवानपुरका अनुसार ३० हजार ३८३ मत गन्दा छिन्तुले १३ हजार ८३९ मत प्राप्त गरेका छन् । उनी नेकपा एमालेका उम्मेदवार भन्दा १ हजार ८२३ मतले अघि छन् ।
एमालका कमल बहादुर विष्ट १० हजार २६ मत प्राप्त गरेका छन् । राप्रपाका सागर थापाले ६ हजार २१४मत प्राप्त गरेका छन् ।