प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मैत्रीपूर्ण खेलमा मेयर बालेनको टिम पराजित

२०७९ मंसिर २६, सोमबार ०९:२६ बजे

काठमाडौं – मैत्रीपूर्ण फुटबल प्रतियोगिता काठमाडौं महानगरपालिकाका जनप्रतिनिधि टिम पराजित भएको छ । महानगर दिवसको अवसरमा आज दशरथ रङ्गशालामा भएको मैत्रीपूर्ण खेलमा काठमाडौं महानगरका कर्मचारीसंग जनप्रतिनिधि टिम ६—१ गोलले पराजित भएको हो ।

रङ्गशालामा प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बीच मैत्रीपूर्ण फुटबल खेल भएको हो । महानगरपालिकाका मेयर बालेन्द्र शाह नेतृत्वमा जनप्रतिनिधि र अर्को टिमबाट प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको नेतृत्वमा खेल भएको थियो । प्रमुख ११ मा महानगरका विभिन्न वडाबाट निर्वाचित जनप्रतिनिधिहरुको सहभागिता थियो । प्रशासकीय अधिकृत ११ मा महानगरका कर्मचारी र नगर प्रहरीहरु थिए ।

जनप्रतिनिधिको टिम कप्तान भए पनि मेयर बालेन्द्र शाह खेलको दोस्रो हाल्फपछि मात्रै मैदानमा प्रवेश गरेका थिए । तर मेयर शाह मैदान प्रवेश गर्दासम्म टिमले ५ गोल खाइसकेको थियो । खेल ६—१ ले प्रमुख प्रशासकीय अधिकृत ११ ले जित्यो ।