हेटौंडा – सडकको रेलिङमा ठोक्किँएर मोटरसाइकल दुर्घटना हुँदा चार महिने शिशुको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् ।
भक्तपुरको नलिनचोकमा मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०२ ०२१ प ६७६२ नम्बरको मोटरसाइकल सडकको रेलिङमा ठोक्किँएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परी काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका १ की २१ वर्षीया सुस्मीता तामाङ र उनकी चार महिनाकी छोरी लासाङ डोल्मा तामाङलाई उपचारका लागि न्युरो अस्पताल माइतिघरमा पठाइएमा महिने लासाङ डोल्माको उपचारका क्रममा बिहान ९ बजे छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते आमाको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालक मृतकका बुबा शकुसल रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।