प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

अनेरास्ववियु मकवानपुरको अध्यक्षमा मैनाली

२०७९ श्रावण १९, बिहीबार ०३:५२ बजे

हेटौंडा – नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मकवानपुरको अध्यक्षमा भुवन मैनाली चयन भएका छन् । बुधबार भएको २७ औं जिल्ला अधिवेशनले मैनालीको नेतृत्वमा ३९ सदस्सीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा अमृत बर्तौला, सचिवमा पुष्कर तिमल्सिना, सहसचिवमा प्रमोद फुँयाल, दिनेश हुमागाइँ, स्वेच्छा दंगाल र कोषाध्यक्षमा सबिना ढकाल सर्वसम्मत चयन भएकी छन् ।