प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा उपमहानगरमा करिव ४ सयको उम्मेदवारी

२०७९ बैशाख १३, मंगलबार ०७:५७ बजे

हेटौंडा – बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयर सहित विभिन्न पदमा ३ सय ९६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । हेटौंडाको १९ वटै वडामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, जनता समाजवादी, राप्रपालगायत विभिन्न राजनीतिक दलको तर्फबाट र स्वतन्त्र तर्फबाट आ–आफ्नो उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाका सहायक निर्वाचन अधिकृत सागर शर्माले जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा २१ जना र उपमेयर पदमा ११ जनाको उम्मेदवारी दर्ता भएको छ । मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दीपा लामाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सन्जिव खरालले उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्रबाट कबिराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तमकुमार दुलाल, लिलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदिप ढकालले उम्मेदवारी दर्ता गराएका छन् ।

हेटौंडाको उपमेयर पदमा ११ जनाको उम्मेदवारी परेको छ । उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेकपा समाजवादीबाट मखकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै स्वतन्त्र तर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालले हेटौंडा उपमहानगरपालिकाको उपमेयर पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ ।

हेटौंडाको १९ वटा वडाको अध्यक्ष पदमा १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा वडा नम्वर–१ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जना, वडा नम्वर–२ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जना, वडा नम्वर–३ मा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट १ जना गरी ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी वडा नम्वर–४ मा राजनीतिक दलबाट ४ जना, वडा नम्वर ५ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट १ जना गरी ५ जना, वडा नम्वर–६ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट १ जना गरी ५ जना, वडा नम्वर–७ मा राजनीतिक दलबाट ४ जना, वडा नम्वर–८ मा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट ३ जना गरी ८ जना, वडा नम्वर–९ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट २ जना गरी ६ जना, वडा नम्वर–१० मा राजनीतिक दलबाट ६ जना र स्वतन्त्रबाट २ जना गरी ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै वडा नम्वर–११ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट १ जना गरी ५ जना, वडा नम्वर–१२ मा राजनीतिक दलबाट ५ जना, वडा नम्वर–१३ मा राजनीतिक दलबाट ४ जना, वडा नम्वर–१४ मा राजनीतिक दलबाट ३ जना, वडा नम्वर–१५ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट ३ जना गरी ७ जना, वडा नम्वर–१६ मा राजनीतिक दलबाट ३ जना र स्वतन्त्रबाट १ जना गरी ४ जना, वडा नम्वर–१७ मा राजनीतिक दलबाट ७ जना र स्वतन्त्रबाट १ जना गरी ८ जना, वडा नम्वर–१८ मा राजनीतिक दलबाट ४ जना र स्वतन्त्रबाट ३ जना गरी ७ जना र वडा नम्वर–१९ मा राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट ४ जना गरी ९ जना ले उम्मेदवारी दर्ता गराएका छन् ।