हेटौंडा – झापाको कन्काई नगरपालिका ३ नयाँ बस्तिमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा स्थानीय ३६ वर्षिया सावित्रा देवि भण्डारी रहेकी छिन् । उनलाई उपचारको लागि अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मंगलबार बेलुकी पौने ७ बजे बा १८ च २२ ४७ नम्बरको कारले पैदल हिंडिरहेकी भण्डारीलाई ठक्कर दिएको थियो । कार सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुरुङथाले जानकारी दिएको छ ।