हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिकाबाट नगद सहित १८ जना पक्राउ परेका छन् ।
हेटौंडा उपमहानगरपालिका वडा नं.६ चौघडामा शुक्रबार राती एक घरमा छापा मारेर प्रहरीले १८ जुवाडे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।
चौघडास्थित धुर्ब राईको घरमा अबैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मारेर १८ जना जुवाडेसहित ३१ हजार रुपैयाँ ८२० नगद बरामद भएको प्रवक्ता कार्कीले बताए ।
पक्राउ परेका जुवाडेको नाम भने प्रहरी सार्वजनिक गरेको छैन । उनीहरुको साथबाट उक्त नगद सहित कौडा १७ थान नगद पनि बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीले जनाएको छ।
यसअघि प्रहरी एक महिला सहित ३४ जना जुवाडेलाई हेटौंडा उपमहानगरपालिका–११ नवलपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।