हेटौंडा – मकवानपुरगढी गाउँपालिकामा गठबन्धनबाट आएका नेतृत्व एकपछि अर्को विवादमा फस्दै गएका छन् ।निर्वाचन जित्ने बित्तिकै गत जेठ अन्तिममा अवैध रुपले सामरी खोलाको ढुंगा, गिट्टी बालुवा उत्खनन् गरेपछि गाउँबासीले जिउरो टोक्न थालेको चर्चा हुन थालेको छ । गाउँपालिकाको नेतृत्व पुनः अर्को विवादमा मुछिएको छ । अघिल्लो सरकारको पालामा प्रक्रियागत ढंगबाट दक्षताका आधारमा नियुक्त पाएका करारका कर्मचारीको पेटमा लात हानेको भन्दै वर्तमान नेतृत्वप्रति गाउँबासीले मानवीयता हराएको टिप्पणी गर्न थालेका हुन् ।
नेकपा एमाले मकवानपुरगढी गाउँ कमिटीले पनि मंगलबार गाउँपालिका कार्यालयलाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै करारका कर्मचारी हटाउने निर्णय फिर्ता लिन आग्रह गरेको छ । एमाले गाउँ कमिटीका कार्यबाहक अध्यक्ष जितबहादुर घिमिरेले गाउँपालिकाकी उपाध्यक्ष पाख्रिनलाई ध्यानाकर्षण पत्र बुझाउँदै करारका कर्मचारीमाथि अन्याय नगर्न ध्यानाकर्षण गराएका छन् ।
अघिल्लो सरकारले स्थानीय तहको पहिलो जग वडालाई नै सबै प्रकारको सेवा प्रवाहलाई सहज र सरल बनाउन स्वास्थ्यदेखि पशु प्राविधिक नियुक्त गरेको एमालेले बताएको छ । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा पु¥याउने अवधारणा अनुरुप स्थानीय तह सञ्चालन ऐनले दिएको अधिकारलाई प्रयोग गरी गाउँपालिकाको आवश्यकताअनुसार प्रत्येक वडाबाट जनताका लागि आधारभूत स्वास्थ्य सेवा, कृषि र पशुको वडा इकाई स्थापना गरी सेवाप्रवाहको सुरुवात, विकास निर्माणका योजनालाई कार्यान्वयनमा सहजता ल्याउन वडामा प्राविधिकहरुको व्यवस्था, गाउँपालिका तथा वडाहरुको दैनिक सेवा प्रवाहलाई सहज बनाउन आवश्यक सहायक कर्मचारीहरुको व्यवस्था गरिएको एमालेले उल्लेख गरेको छ ।
एमालेले गाउँपालिकाबाट जारी स्थिति पत्रमाथि टिप्पणी गर्दै अघिल्लो सरकारको जनतासँग जोडिएका राम्रा कार्यक्रमलाई निरन्तरता दिनु, पूरा नभएका योजनालाई पूरा गर्नु, कार्य सम्पन्न भएका भुक्तानी हुन नसकेका योजनाको भुक्तानी गर्नु, सबै कामको अपनत्व ग्रहण गर्नु मौजुदा सरकारको दायित्व र जिम्मेवारी रहेको जनाएको छ । गठबन्धन सरकारले जिम्मेवारी बिर्सिएर अघिल्लो सरकारका कामको अपव्याख्या गरी व्यवसायिक संस्था जस्तै गरी घाटानाफाको अलाप जपेर हिँडेको, न्यायोचित विधिबाट बजेट बिनियोजन नगरेको, आफ्नो जिम्मेवारी बिर्सिएको, विभिन्न गरी ५ करोड भन्दा बढी योजनाको बजेट फ्रिज हुँदापनि चासो नदिएकोप्रति एमालेले आपत्ति जनाएको छ ।
ध्यानाकर्षण बुझाउने कार्यक्रममा पार्टी जिल्ला सचिवालय सदस्य मेम्मर लो, पार्टी जिल्ला सदस्य हरि कँडेल, एमाले गाउँ किमटी सहसचिव चन्द्र योञ्जन, गाउँ कमिटी सदस्यहरु प्रकाश अधिकारी, भवानी शंकर दहाल, अनिता सापकोटा, सोविता दहाल, जनक रेग्मी, पार्टी ३ नम्बर वडा कमिटी अध्यक्ष राजु सापकोटा, युवा संघ गाउँ कमिटी उपाध्यक्ष विष्णु सिलवाल, युवा संघ सदस्य गोविन्द दुलाललगायतको उपस्थिति थियो ।
१० बुँदे ध्यानाकर्षण पत्र


