प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडामा तीन युवा प्रहरीको फन्दामा

२०७९ जेठ ८, आईतबार ०८:२२ बजे

हेटौंडा – मकवानपुर प्रहरीले हेटौंडा विभिन्न स्थानबाट लागुऔषध सहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उपमहानगरपालिका वडा नं. ११ बस्ने २८ वर्षीय सविन पहाडी, हेटौडा उपमहानगरपालिका वडा नं. ५ शान्तिनगर बस्ने १९ वर्षीय युवराज चौलागाई र बकैया गाउँपालिका वडा नं. ४ छतिवन घर भई हाल हेटौडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने ३३ वर्षीय लक्ष्मण घलान रहेका छन् ।

बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनिहरुलाई गत सोमबार पक्राउ गरिएको हो । हेटौंडा–१५ बाट पहाडीलाई ५ ग्राम खैरो हिरोईन, हेटौंडा–४ बाट चौलागाईलाई ४५ ट्याबलेट नाईट्रोभ्याट र हेटौंडा–१० बाट नुफिन १०० एम्पुल , डाइजेपाम १०० एम्पुल , फेनारगन १०० एम्पुल, नाईट्रोभेट १०५ वटा ट्याबलेट सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनले उनिहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको बताए ।