प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टायरको विषयमा विवाद हुँदा कुटाकुट, मकवानपुरका लामासहित दुई जना गम्भीर घाइते

२०८० पौष १८, बुधबार १६:४३ बजे

हेटौंडा – टायरको विषयमा विवाद हुँदा ग्यारेव साहु र बस चालकबीच कुटाकुट भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं.११ धनेश्वरस्थित टिफर ग्यारेजमा ग्यारेव साहु र बस चालकबीच कुटाकुट भएको हो ।

मंगलबार प्र ३–०१–००६ख ०६०२ नम्बरको बस चालक बनेपा नगरपालिका–३ बस्ने ३५ बर्षीय सरोज गुरुङ र ग्यारेज साहु मकवानपुर बाग्मती गाउँपालिका–९ घर भई बनेपा नगरपालिका–११ धनेश्वर बस्ने ३९ बर्षीय आसमान लामाबीच कुटाकुट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

कुटाकुट हुँदा दुबै जना गम्भीर घाइते भएका छन् । गुरुङको काठमाडौंस्थित नर्भीक अस्पताल र लामाको धुलिखेल अस्पताल उपचार भइरहेको प्रहरीले जनाएको छ ।