प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

खुत्रुके फुटाएर चोरी गर्ने युवक लागुऔषधसहित मकवानपुर प्रहरीको फन्दामा

२०७९ भाद्र २६, आईतबार ००:५३ बजे

हेटौंडा – खुत्रुके फुटाएर पैसा चोरी गर्ने एक युवकलाई प्रहरीले लागुऔषध सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–९ लामसुरे बस्ने २१ वर्षीय विवेक बि.क. रहेका छन् ।

मकवानपुरगढी गाउँपालिका–५ स्थित प्रेम बहादुर घलानले कोही नभएको बेला आफ्नो घरमा चोरी भएको भन्दै उजुरी दिएका दिएका थिए । सोही उजुरीको आधारमा विवेकलाई चोरी भएको पैसा र लागुऔषध खैरोहिरोइन सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए ।

उनको साथबाट खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ७० मिलिग्राम,३० ग्राम गाँजा, ३ हजार १ एक ४२ नेपाली रुपौयाँ, ३० भारती रुपैया र कतारी रियल १ रुपैयाँ बरामद गरिएको कार्कीले बताए ।

सांकेतिक तस्वीर