हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ नमुना टोलबाट लागुऔषध खैरोहेरोईन एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय बिशाल बिश्वकर्मा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले शंकास्पद रुपमा हिडिरहेका बिश्वकर्माको साथबाट १ सय ५० मि.ग्रा. सहित पक्राउ गरेको हो । उक्त लागुऔषध सहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।