प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदीको मूल्य बढ्यो

२०७९ जेठ १९, बिहीबार ०६:०१ बजे

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघले ४०० रुपैयाँले र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको जानकारी दिएको छ । हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार २०० रुपैयाँ थियो । जुन, आज ४०० रुपैयाँले बढेर ९७ हजार ६०० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

यसैगरी, हिजो बुधबार तोलामा ९६ हजार ७०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज बढेर ९७ हजार १०० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ । साथै, आज चाँदीको कारोबार मूल्य पनि १५ रुपैयाँले बढेको छ । यससँगै, हिजो बुधबार प्रतितोला १२ सय ५० रुपैयाँ कारोबार मूल्य रहेको चाँदीको भाउ आज १२ सय ६५ रुपैयाँ छ ।