प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुदः सेमिफाइनलका दुई खेल आज, मकवानपुर र दोलखा भिड्दै

२०७८ चैत्र ४, शुक्रबार ०३:२० बजे

हेटौंडा – प्रथम खेलकुद प्रतियोगिता बागमती प्रदेशको पुरुष फुटबलतर्फ आज (शुक्रबार) सेमिफाइनलका दुई खेल हुँदैछ ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा पहिलो सेमिफाइनल खेलमा समूह 'बी' ललितपुर र धादिङ भिड्दै छन् । त्यस्तै दोस्रो सेमिफाइल खेलमा समूह 'ए' को घरेलु टोली मकवानपुर र दोलखा मैदान उत्रने छन् ।

पहिलो खेल दिउँसो १ र दोस्रो खेल ३ बजे सुरु हुनेछ ।

विहिबार भएको पहिलो खेलमा ललितपुरले रामेछापलाई ट्राइवेकरमा ४–१ गोलले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको थियो । त्यस्तै दोस्रो खेलमा दोलखाले भक्तपुरलाई ३–१ गोलले सेमीफाइनल यात्रा तय गरेको थियो ।

यसअघि मकवानपुरले पहिलो खेलमा नुवाकोट र दोस्रो खेलमा सिन्धुलीलाई ३–०/३–० गोल अन्तर पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो ।

आज जित निकाल्ने दुई टोली फाइनलमा प्रवेश गर्नेछ । फाइनल ६ गते हुनेछ । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगितामा पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ ।