प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

आकाश अधिकारीसहित ४० जना एमालेमा

२०८० श्रावण २७, शनिबार १०:२२ बजे

हेटौंडा – नेकपा एकीकृत समाजवादीको अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य आकाश अधिकारी नेकपा एमालेमा फर्किएका छन् । उनी एमाले विभाजनसंगै एकीकृत समाजवादीमा आवद्ध भएका थिए । 

आज हेटौंडा स्थित एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको एक कार्यक्रमकाबीच उनीसहित ४० जना विद्यार्थी नेताहरु अनेरास्ववियुमा फर्किएका हुन् ।

अनेरास्ववियु फर्कनेहरुमा अनेरास्ववियूका केन्द्रीय सचिवालय सदस्य अधिकारी, जिल्ला कमिटी कोषाध्यक्ष सुजन ढकाल, मकवानपुर बहुमुखी क्याम्पसका स्ववियु उप-सभापति रोजन घिमिरे, हेटौंडा क्याम्पस स्ववियु उप-सभापति विधान आचार्य लगाएतका रहेका छन् ।

उनीहरुलाई एमालेका पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवाली, केन्द्रीय सदस्य कृष्ण दाहाल, एमाले नेता डोरमणी पौडेल, केदार न्यौपाने, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडाल लगाएतकाले स्वागत गरेका थिए ।