प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर २ मा गुरुचेलाको रोचक प्रतिस्पर्धा, कसले कति पाए मत ?

२०७९ मंसिर ६, मंगलबार ०५:३२ बजे

हेटोंडा – मकवानपुर २ मा नेकपा एमालेका महेश बर्तौला र एकीकृत समाजवादीका विरोध खतिवडाबीच रोचक प्रतिस्पर्धा भइरहेको छ।

पछिल्लो मतपरिणाम अनुसार बर्तौला र खतिवडाबीच ३५१ मतको मतान्तर रहेको छ। बर्तौलाले ५ हजार ६७१ मत प्राप्त गरेका छन् भने खतिवडाले ५ हजार ३२० मत ल्याएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुली एक हजार ५२६ मतसहित तेस्रो स्थानमा छन्।