प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रदेश खेलकुद: सिन्धुली र भक्तपुरको शानदार जित, मकवानपुरको खेल भोली

२०७८ चैत्र १, मंगलबार १३:२७ बजे

हेटौंंडा – प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रथम प्रदेश खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ आज भएको खेलमा सिन्धुली र भक्तपुर विजयी भएको छ ।

हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा भएको पहिलो खेल सिन्धुलीले काठमाडौंलाई ६–० गोलको फराकिलो अन्तरले हराएको हो । सिन्धुलीले पहिलो हाफमा दुई र दोस्रो हाफमा ४ गोल गरेको थियो ।

सिन्धुलीका लागि कमल गुरुङ दुई, विवस खड्का, अनिस थापा मगर र अनिस दाहालले एक–एक गोल गरेका थिए ।

त्यस्तै दोस्रो खेलमा भक्तपुरले रसुवालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो । भक्तपुरका लागि अनिक श्रेष्ठले दुई गोल गरेका थिए भने विपुल श्रेष्ठ, सनिश खड्की र रेसम्म भट्टराईले समान एकएक गोल गरेका थिए । एक गोल भने भक्तपुरले उपहार स्वरुप पाएको थियो ।

आज हार ब्यहोरेको काठमाडौं र रसुवा प्रतियोगिताबाट बाहिरिएको छ । जित निकाल्दै क्वाटरफाइलमा प्रवेश गरेको सिन्धुलीले सेमिफाइल प्रवेशको लागि घरेलु टोली मकवानपुरविरुद्ध खेल्नेछ ।त्यस्तै भक्तपुरले दोलखासंग खेल्नेछ ।

प्रतियोगिताको पुरुष फुटबल अन्तर्गत भोली बुधबार दुई खेल हुनेछ । पहिलो खेल दिउँसो १ बजे काभ्रेपलान्चोक र धादिङबिच हुनेछ । दोस्रो खेल दिउँसो ३ बजे घरेलु टोली मकवानपुर र सिन्धुलीबिच हुनेछ । जित हात पार्ने दुबै टोली पुरुष फुटबलको सेमिफाइनलमा प्रवेश गर्नेछ ।

नकआउट चरणमा भएको प्रतियोगितामा सहभागिता टिमलाई दुई समुहमा विभाजन गरिएको छ । प्रतियोगिताको पुरुष फुटबलतर्फ प्रदेशका १३ जिल्लाको सहभागिता रहेको छ भने फाइनल ६ गते हुनेछ ।