हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ भैरवडाडामा हेटौंडा रेड टाइगर रिसोर्ट संचालनमा आउने भएको छ । ्भरतपुर महानगरपालिका वडा नम्बर ५ का शम्शेर बहादुर अधिकारीले रिसोर्ट सञ्चालनमा ल्याउन लागेका हुन् ।
अहिले १३ कठ्ठा क्षेत्रफलमा रिसोर्टको निर्माणको काम धमाधम भइरहेको छ । चाढै निर्माण सम्पन्न गरी अधिकारी रुपमा सञ्चालनमा ल्याउने अधिकारीले बताए । उनका अनुसार रिसोर्टमा निर्मालदेखि लक्जरियस कोठाहरु रहेका छन् भने बार, रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, कार्यक्रम सञ्चालन हल, सुमिङ्ग पुल, बालउद्यान लगायत रहेका छन् ।
साहाकारी र मांसाहरीको पाहुनाका लागि चाहिने भान्छाका सम्पूर्ण सामाग्री रिसोर्टमै उत्पादन गरी लोकल तथा अर्ग्यानिक स्वाद पस्कने उनले बताए । म्याथम्याटिक्समा डिग्री अनि शिक्षण पेशा, त्यो पनि सरकारी छाडेर दुई दशक जापानमा कमाएको पैसामा ॠणधन गरेर रिसोर्ट खेल्न लागेको अधिकारीले बताए ।
हेटौंडा बजार र भैरवडाँडाको मौसममा तुलानात्मक रुपमा फरक महशुस गर्न सकिन्छ । हेटौंडा बजारको समथर र मकवानपुरगढीको अग्ला र होचा डाँडामा बाँदलको लुकामरीले रिसोर्ट हेटौंडा आउने स्वदेशी र विदेशी पर्यटकको पहिलो रोजाई बन्ने उनले बताए ।
विदेशमा कमाएको पैसा स्वादेशमै लगानी गर्दा अरुलाई रोजगारीको अवसर र आफुलाई नामसंगै दाम पनि हुन्छ भन्ने आशा अधिकारीले लिएको छन् । रिसोर्ट दसैं ,तिहार बिचमा पुर्णरुपमा संचालनमा आउने उनको भनाइ छ ।