हेटौंडा – आसन्न स्थानीय तह निर्वाचनको लागि नेकपा एमालेले मकवानपुरको १० वटै स्थानीय तहको प्रमुख र उपप्रमुखको उमेदवार टुङ्गो लगाएको छ । एमाले जिल्ला कमिटिले गरेको सिफारिसको आधारमा बाँकी ९ स्थानीय तहको उम्मेद्वार बागमती प्रदेश कमिटिले टुंगो लगाएको हो । हेटौँडा उपमहानगरपालिकाको उम्मेद्वार यसअघि नै केन्द्रिय समितिले टुङ्गो लगाएको थियो ।
एमालेले १० वटा पालिकाका २० जना उम्मेदवारमा ९ जना पुराना अनुहार हुन् भने ११ जना नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । स्थानीय तहमा उम्मेद्वारी दिनका लागि केही जनप्रतिनिधिहरुले राजिनामा समेत दिएका छन् । टुङ्गो लागेका उम्मेद्वारहरु उम्मेद्वारी दर्ता गराउने तयारीमा छन् ।
एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडेल र उपमेयरमा सुमित्रा काफ्ले रहेका छन् । बागमतिको अध्यक्ष खेमराज जर्गामगर र उपाध्यक्ष धनमाया स्याङ्तान, बकैयाको अध्यक्ष सरला बोलखे र उपाध्यक्ष लालबहादु स्याङ्तान, मकवानपुरगढीको अध्यक्ष बिदुर हुँमगाई र उपाध्यक्ष सन्तु थिङ, भीमफेदीको अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती राना, इन्द्रसरोबरको अध्यक्ष देबकृष्ण पुडासैनी र उपाध्यक्ष उमा लामा उम्मेद्वार रहेका छन् ।
त्यस्तै कैलाशको अध्यक्ष नरेन्द्रलाल रिजाल र उपाध्यक्ष सुकुमाया थिङ, राक्सिराङको अध्यक्ष बाबुलाल स्याङतान र उपाध्यक्ष सुन्तलीमाया प्रजा, मनहरीको अध्यक्ष एकराज उप्रेती र उपाध्यक्ष सुजिता थिङ रहेका छन् । त्यसैगरी थाहा नगरको मेयर मेयरमा अच्युतम ढकाल र उपमेयर कल्पना बलामी रहेका छन् ।