प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कांग्रेसबाट हेटौंडाको मेयरमा आनन्द पराजुली सहित तीनको नाम सिफारिस

२०७९ बैशाख ५, सोमबार १३:५१ बजे

हेटौंडा – बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि हेटौंडानगर प्रमुखमा एक महिला र दुई पुरुष सहित ३ जनाको नाम सिफारिस गरिएको छ भने उपप्रमुखमा ३ महिलाको नाम सिफारिस गरिएको छ।

आइतबार बसेको कांग्रेस हेटौंडानगर कार्य समितिको बैठकले प्रमुखमा आनन्दराम पराजुली,उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको हो। त्यसैगरी उपप्रमुखमा अमृता थापा इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरिएको हो। नगर कार्य समितिले प्रमुख र उपप्रमुखको नाम कांग्रेस मकवानपुर क्षेत्रीय कार्य समिति र जिल्ला कार्य समितिलाई सिफारिस गरिएको कांग्रेस हेटौंडानगर सभापति उत्सव इटेनीले बताएका छन्।

नगर प्रमुखमा सिफारिस भएका पराजुली २०७४ को स्थानीय तहको निर्वाचन अन्तर्गत हेटौंडानगर प्रमुखमा झिजम मतान्तरले पराजित भएका थिए। पराजुली हेटौंडानगर निवर्तमान सभापतिका साथै प्रभावशाली नेताका रुपमा चिनिन्छन्।नगर प्रमुखको प्रमुख दाबेदार पराजुलीनै रहेको कांग्रेस नेता कार्यकर्ताले बताएका छन्। साथै नगर कार्य समितिको बैठकले हेटौंडा उपमहानगरको प्रमुखको नेतृत्व कांग्रेसले पाउनुपर्ने निर्णय समेत गरेको छ।