हेटौंडा – हेटौंडाको मानसचोक आसपासका करिव ८५ जना सदस्य रहेको चादनी टोल विकास संस्थाको १४ औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष सुनिता शर्माको सभाध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर समन्वय समितिका कोषाध्यक्ष चन्द्रावती पनेरु अधिकारीले कोभिडका कारण टोलविकास संस्थाको गतिबिधिहरु प््रभाबित भएको बताइन् ।
कोभिड–१९ महामारीको जोखिमका कारण सामाजिक गतिबिधि नै ठप्प भएको र पछिल्ला २ बर्षमा अत्यन्तै कष्टकर दिनचर्या भोग्न बाध्य भएको पनेरुले बताइन् । कार्यक्रममा वडा नं २ को समन्वय समितिका अध्यक्ष मनिषा घले, जलेश्वर मन्दिरका पूजारी डुकप्रसाद पौडेल, स्वयम्सेबिका सृजना पण्डितलगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बचतकर्तातर्फ जेष्ठ बचतकर्ता भोलाप्रसाद शिबाकोटी, जेष्ठ महिला बचतकर्ता भगवती सुबेदी, उत्कृष्ठ बचतकर्ता सरस्वती थपलिया, सुमित्रा शर्मा, मनकुमारी थापालाई सम्मान गरिएको थियो । संस्थाकी सचिव गीतादेबी पौडेल, कोषाध्यक्ष सृजना न्यौपाने पण्डितले वार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाले शारदा ढुँगानाको अध्यक्षतामा नया नेतृत्व चयन गरेको छ । संस्थाको उपाध्यक्ष सुष्मा शिवाकोटी, सचिव गीतादेबी पौडेल, कोषाध्यक्ष सृजना न्यौपाने चयन भएका छन् । त्यस्तै सदस्यहरुमा गीता सुबेदी, मालती पोखरेल, शान्ति आयार्च, पार्बती उप्रेती, सरस्वती थपलिया, बिमला बिडारी र रजनी पौडेल चयन भएका छन् । त्यस्तै भेलाले लेखा संयोजक सुनिता शर्मा र ऋण संयोजक कबिता थापालाई चयन गरेको छ ।