प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुरको दुई पालिकामा ३९ बिगाह अफिम खेती फडानी

२०७८ फाल्गुन ३०, सोमबार १३:१७ बजे

हेटौंडा – मकवानपुरको दुई गाउँपालिकामा अवैध रुपमा लगार्ईएको लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरीएको छ । राक्सिराङ गाउँपालिका वडा नं.४ को मान्छामुन्टी, जैसिङटार, मानछाप, छापडाँडा र वडा नं. ५ अन्तर्गत बमकिङ, लाफर लगायतको वडामा लगाईएको २८ बिगाह अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गाँजा खेती नष्ट गर्ने अभियान अन्तर्गत प्रहरी प्रधान कार्यालय लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाण्डौ, बागमती प्रदेश प्रहरी गण रातोमाटे र जिल्ला प्रहरी कार्यालय मकवानपुर, मातहत कार्याबाट संयुक्त रुपमा प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको कमाण्डमा खटिएको ६३ जनाको प्रहरी टोलिले सोमबार सो क्षेत्रमा लगाएको अफिम खेती फडानी गरी नष्ट गरेको हो ।

साथै, बकैया गाउँपालिका वडा नं. ६ ज्यामिरे, मोरङगेढाप लगायतको क्षेत्रमा लगाएको ११ बिगाह अबैध लागुऔषध अफिम खेती फडानी गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ईलाका प्रहरि कार्यालय फापरबारी मकवानपुरबाट प्रहरी निरीक्षक कमल कुमार लुङगेलीको कमाण्डमा खटिएको १२ जनाको प्रहरी टोलिले शुक्रबार र आइतबार सो क्षेत्रमा अफिम खेती फडानी गरी नष्ट गरेको हो ।