प्रहर खबर
 २०८३ श्रावण ९, शनिवार    

हारपछि पार्वती राना भन्छिन् – ‘चौतर्फी घेराबन्दीको बिचमा उपबिजेता हुन पुगेको छु’

२०७९ जेठ २, सोमबार ०२:५७ बजे

हेटौंडा – मकवानपुरको भिमफेदी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । जहाँ अध्यक्षमा नेकपा एमालेका हिदम लामा र उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका संजिब श्रेष्ठ विजयी भएका छन्  ।

अध्यक्षमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तान र उपाध्यक्ष एमालेकी पार्वती राना पराजित भएका छन् ।  रानाले चौतर्फी घेराबन्दीको कारण आफुले हार ब्यहोर्नु परेको आरोप लगाएकी छन् । १६ मतान्तरले पराजित भएकी लामाले आफ्नो फेसबुकबाट असन्तुष्टी ब्यक्त गरेकी हुन् ।

उनले आफ्नो फेसबुकमा लेखेकी छन्,‘चौतर्फी घेराबन्दीको बिचमा पनि झिनो मतान्तरले उपबिजेता हुन पुगेको छु मन दुखेको होला तर, मनोबल गिरेको छैन, पार्टी नेताहरुको साथ र सहयोग कार्यकर्ताको माँया मेहनत र आम जनताको उच्च मुल्यांकन छ ।’

रानाले आफ्नै पार्टी भित्र भोटमा राजनीति भएको आरोप लगाएकी छन् । आफु महिला भएकै कारण राजनीतिक रुपमा सकाउन र कमजोर बनाउन खोजेको आरोप समेत लगाइन् ।

‘म अंकगणितको आधारले मतमा पछाडि पर्यौ होला, तर सैद्धान्तिक रुपमा अगाडि छु । जनताको मन मुटुमा छु । धेरै मतहरु दुई नं को सुर्यमा खालि खालि रहेछ र पनि मलाई दुख लागेको छैन ।’ उनले लेखेकी छन,‘मलाई राजनिती रुपमा सकाउने खेल हुन सक्छ मलाई कमजोर बनाउने खेल हुन सक्छ महिला अगाडि नबढोस भन्ने पनि हुन सक्छ मलाई महसुस भको छ । अर्थ बिना राजनैनितिक रुपमा अगाडि बढ्न समस्या रहेछ ।’

रानाले यसअघि पनि पालिकामा महिलाहरुलाई नेतृत्व तहमा अवसर दिनुपर्ने बताउँदै आएकी थिइन् । उनले पालिकामा महिलालाई नेतृत्व दिन राजनीतिक दलहरुसमक्ष माग गरेको विषयमा प्रहर खबर डटकममा अन्तर्वाता प्रकासित भएको थियो । आफु उच्च मनोबलका साथ पार्टी र जनताको सेवामा निरन्तर रुपमा लाग्ने प्रतिबद्धता गर्दै रानाले मतदाताहरु, नेताकार्यकर्ता सहयोग गर्ने सम्पुर्णमा अन्यवाद समेत ब्यक्त गरिन् ।

रानाको फेसबुकमा...

parbati rana