प्रहर खबर
 २०८१ जेठ ३, बिहीबार    

मकवानपुरमा मोटरसाइकललाई ठक्कर दिएर ट्रक दुर्घटना, तीनको अवस्था गम्भीर

२०७९ पौष १५, शुक्रबार ०४:०८ बजे

हेटौंडा - धरानचतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा मोटरसाइकललाई ठक्कर दिएर ट्रक दुर्घटना भएको छ । 

 

शुक्रबार बिहान बकैया गाउँपालिका-५ तिनतमा हेटौंडाबाट फापरबारीतर्फ जादै गरेको ना २२ प ९९७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जादै गरेको ना ७ ख १३५२ नम्बरको ट्रकले ठक्कर दिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

 

दुर्घटनामा परी ट्रक चालक बारा निजगढ नगरपालिका ९ बस्ने २५ बर्षीय सुर्य बहादुर घिमिरे, ट्रकमा सवार हाल पहिचान नखुलेको अन्दाजी २४/२५ बर्षिय पुरुष, मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका-१८ फुर्केचौर बस्ने ३० बर्षिय बिक्रम भम्जन, मोटरसाइकल पछाडी सवार सोही स्थान बस्ने अन्दाजी ३५/४० बर्षिया हिरामाया लोप्चन रहेको मकवानपुर प्रहरी प्रवत्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले बताए । उनका अनुसार पहिचान नखुलेको पुरुष, बिक्रम र हिरामायाको अवस्था गम्भीर रहेको छ । उनिहरुको चुरेहिल र हेटौंडा अस्पतालमा उपचार भईरहेको छ ।