प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाका घलान र भोम्जन पक्राउ

२०८० कार्तिक १, बुधबार २०:२८ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ रातोमाटेबाट लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बा.प्र.०३–००५ प.६८१६ नम्बरको मोटरसाइकलमा सवार हेटौंडा–१५ रातोमाटे बस्ने ३८ बर्षीय धनराज घलान र ३१ बर्षीय विबेक भोम्जन रहेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको उक्त मोटरसाइकलमा सवार घलान र भोम्जनलाई चेकजाँच गर्दा दुई किलो लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । 

इलाका प्रहरी कार्यालय पशुपतिनगर टोली मंगलबार राती साडे ८ बजे उक्त लागुऔषध सहित दुबै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।