काठमाडौं – प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १०८ स्थानको नतिजा सार्वजनिक भएको छ । जसमा नेपाली कांग्रेसले सबैभन्दा धेरै सिट जितेको छ । कांग्रेसले अहिलेसम्म ३७ सिट जितेको छ भने १९ स्थानमा अग्रता लिएको छ ।
नेकपा (एमाले)ले २३ सिट जितेको छ भने २२ सिटमा नै अग्रता लिइरहेको छ । नेकपा (एकीकृत समाजवादी)ले १० सिटमा जित हासिल गरेको छ ।
त्यस्तै नेकपा (माओवादी केन्द्र) १० सिटमा विजयी भएकाे छ भने ६ सिटमा अग्रता लिइरहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी ७ क्षेत्रमा निर्वाचित भएको छ, १ स्थानमा अग्रता लिइरहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट जितेको छ भने १ स्थानमा अग्रता लिइरहेको छ । राष्ट्रिय जनमाेर्चा, नेपाल मजुदर किसान पार्टी र नागरिक उन्मुक्ति पार्टीले १/१ सिट जितेका छन् । पाँच ठाउँमा स्वतन्त्र उमेदवार निर्वाचित भएका छन् ।