प्रहर खबर
 २०८३ श्रावण ५, मङ्गलवार    

मकवानपुरका थिङ र लामा प्रहरीको फन्दामा

२०७९ भाद्र १९, आईतबार १४:४१ बजे

हेटौंडा – मकवानपुरका दुई युवक लागूऔषध गाँजा सहित पक्राउ परेका छन् । बारा जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट लागूऔषध गाँजा करिब ७० किलोग्राम सहित आइतबार बिहान दुई युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर मनहरी गाउँपालिका–७ बिजौना बस्ने ३५ वर्षीय सुन बहादुर थिंङ र सोही गाउँपालिका–१ चकरी बस्ने २० वर्षीय सुभाष लामा रहेका छन् । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको प्रदेश ३–०१–००३ क ६९०६ नम्बरको मिनीट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाएर ल्याएको उक्त गाँजा सहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।