प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राष्ट्रिय टिमका फरवार्ड विमलले लगनगाँठो कसे

२०८० भाद्र ३, आईतबार १३:०२ बजे

काठमाडौं – नेपाली राष्ट्रिय टिमका फरवार्ड विमल घर्तिमगरले लगनगाँठो कसेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत् प्रेमिका लिना प्रधानसँग विवाह गरेको तस्बिर सार्वजनिक गरेका हुन्।

विमलले दुई वर्षअघि लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए।विमलले सामाजिक सञ्जालमा एउटा फोटो राखेर विमलले लिनासँगको सम्बन्ध सार्वजनिक गरेका थिए। लिनाले आफ्नो फेसबुक खातामा ुरिलेसनसिप विथ विमल घर्तिमगरु राखेकी थिइन्।

विमल मछिन्द्र क्लबबाट एडिभिजन लिग खेल्दै आएका छन् । उनले गत साता एएफसी कपअन्तर्गत भुटानको पारो एफसीसँगको खेलपछि आफ्नो गोल प्रेमिका प्रधानलाई समर्पित गरेको बताएका थिए। सो खेलमा मछिन्द्र ३२ गोलले विजयी भएको थियो।