प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडा बसपार्कबाट दुई महिला पक्राउ

२०७९ माघ १२, बिहीबार ०६:१५ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा बसपार्कबाट लागुऔषध सहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–९ बस्ने ४० वर्षीया टेकमाया गुरुङ र सोही स्थान बस्ने ३१ बर्षीया अस्मिता प्रजा रहेका छन् ।

आज बिहिबार बिहान सर्लाही जाने बसमा चढ्न लाग्ने क्रममा शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट २१ गाँजा लागुऔषध गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।